सुनको कोटा बढाउन व्यवसायीको माग

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

 नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरिएको  महासंघका अध्यक्ष शाक्यले जानकारी दिए ।

हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘गोल्ड बैंक’मार्फत व्यवस्था मिलाउनुपर्ने तथा काठमाडौंकेन्द्रित रहेकाले सुनको वितरणलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिए । हाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ । 

लगातार बढिरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला दुई सय रुपैयाँले उकालो लागेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य शुक्रबारको तुलनामा १० रुपैयाँ बढेर एक हजार दुई सय ९५ कायम भएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ६४ डलर आसपासमा कारोबार भइरहेको छ । रासस

See More On

सुझावित समाचार