नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ मा बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २८ गते दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहने कांग्रेसले जनाएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, १४औँ महाधिवेशन र समसामयिक विषयलगायतका एजेन्डा रहेको बताइएको छ।