किराना पसलको आवरणमा गाँजा बिक्री वितरण गरिरहेको अवस्थामा सिराहा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। लहान– ९ खुट्टी पारीबाट प्रहरीले ६५ वर्षीय वृद्धलाई पक्राउ गरेको हो।
स्थानीय देवनारायण चौधरीलाई उनले सञ्चालन गरिरहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाका आधारमा नौ सय ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। गाँजासहित पक्राउ परेका चौधरीलाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ।