नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका लौहपुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्यक्तिगत स्वार्थलाई गौण ठानेको बताएका छन्।
गणेशमान सिंह फाउन्डेसन वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेसनल टेनिस टुर्नामेन्ट–२०२१’ को उद्घाटन गर्दै नेता सिंहले ६ दशकभन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौमसत्तासम्पन्न गराउन खेलेको भूमिकाको स्मरण गर्दै खेलमार्फत नयाँ पुस्तामा गणेशमान सिंहको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताएका हुन् ।
गणेशमान सिंहको नेतृत्वमा प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्ष म आफैँ प्रधानमन्त्री बन्न होइन भनेर उनले अस्वीकार गरेको स्मरण गर्दै उनकाे मनसाय राजाले बनाएको प्रधानमन्त्रीभन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु नै महत्त्वपूर्ण उपलब्धि रहेको बताए।