फोन–पेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

फोन–पे पेमेन्ट सर्भिसले झट्ट ट्रान्सफर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने योजनामा फोन–पे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एकवटा आइफोन जित्नेछ । यस्तै, बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । 

फोन–पेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु. १० मै सहज रूपमा रकम पठाउन सकिन्छ । फोन–पे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेन्ड मनी अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

फोन–पे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म पाँच लाखभन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाखभन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।  

See More On

सुझावित समाचार