नर्वेमा धनुकाण आक्रमण हुँदा पाँचजनाको मृत्यु

बिहिबार, २८ असोज, २०७८
डिजिटल संस्करण
नर्वेमा धनुकाण आक्रमण हुँदा पाँचजनाको मृत्यु

प्रतिकात्मक तस्बिर।

नर्वेमा एक व्यक्तिले धनुकाणले आक्रमण गर्दा पाँँचजनाको मृत्यु भएको छ। राजधानी ओस्लोदेखि दक्षिण–पश्चिमको कोङ्सबेर्गमा भएको सो आक्रमणमा थप दुईजना घाइते भएकाे बिबिसीले उल्लेख गरेको छ।

आक्रमणको आशंकामा प्रहरीले ३७ वर्षीय एक डेनिस नागरिकलाई पक्राउ गरेको छ। सुपरमार्केटभित्र भएको सो घटनामा पक्राउ परेका व्यक्ति एक्लैको संलग्नता रहेको प्रहरीको अनुमान छ ।

आक्रमणपछि फरार रहेका आक्रमणकारीलाई प्रहरीले करिब आधा घन्टापछि नै पक्राउ गरेको बताइएको छ । नर्वेकी प्रधानमन्त्री एल्ना सोल्बर्गले घटनालाई भयानक भन्दै आक्रमणको निन्दा गरेकी छिन्।

सुझावित समाचार