साफ च्याम्पियनसिप : दोस्रो हाफमा नेपालले गोल फर्कायो

बुधबार, २७ असोज, २०७८
डिजिटल संस्करण
साफ च्याम्पियनसिप : दोस्रो हाफमा नेपालले गोल फर्कायो

फाइल फोटो।

साफ च्याम्पियनसिपअन्तर्गत जारी खेलमा नेपालले बंगलादेशविरुद्ध गोल फर्काएको छ । खेलको ८७औँ मिनेटमा नेपालले गोल फर्काउँदै बराबरी गरेको हो । नेपालका लागि अन्जन विष्टले पेनाल्टीमा गोल गरेका हुन् ।

यसअघि खेलको आठौँ मिनेटमा बंगलादेशका लागि सुमन रेजाले गोल गर्दै नेपाललाई पछि पारेका थिए । आजको खेलमा जित्ने टिम फाइनल प्रवेश गर्नेछ । तर, नेपाल भने बराबरीलाई कायम मात्रै गरे पनि फाइनल प्रवेश गर्नेछ।

सुझावित समाचार