मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले कुल रु. ९० करोडबराबरको रु. एक सयअंकित मूल्यका ९० लाख कित्ता सेयर आजदेखि निष्कासनमा ल्याएको हो।
निष्कासन गरिने कुल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिसेयर रु. एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा मागबमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी नदीमा कुल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। आयोजनाको अनुमानित लागत करिब रु. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सहनिष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन्।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन्। साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँडमा परेका सेयरधनीले यस निष्कासनमा पुनः आवेदन दिएमा आवेदन रद्द हुने उल्लेख गरेको छ। रासस
मध्यभोटेकोसीको आइपिओ बिक्री खुला
चीनतर्फका तीनवटै नाका बन्द
४ हप्ता अघि
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
१ मंसिरबाट मासु जाँच ऐन लागू गरिने
४ हप्ता अघि
सुझावित समाचार
मासिक ६० हजार टन ग्यास दिन भारतलाई पत्राचार
मासिक ६० हजार मेट्रिकटनका दरले एलपी ग्यास उपलब्ध गराउन नेपाल आयल निगमले भारतलाई पत्राचार गरेको छ । आयल निगमको ग्यास विभाग प्र…
दसैँको पूर्वसन्ध्यामा ८० अर्बले बढ्यो कर्जा प्रवाह
असोजमा मात्रै एक खर्ब ७७ करोडले बढ्यो निक्षेप
कुल आयातमा विश्वसनीय र जोखिमरहितको हिस्सा ११ प्रतिशत मात्रै
घोषणाका आधारमा मात्रै भन्सार जाँचपास हुने हरियोमार्गबाट हुने आयात न्यून, पहेँलोमार्गबाट ५० प्रतिशत र रातोमार्गबाट ३९ प्…
विद्युत् व्यापार आशय पत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
काठमाडौं/ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशय पत्र ज…
एक्स्ट्रिमले ‘म्यान अफ द म्याच’लाई चाँदीको बल दिने
काठमाडौं/ नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंकले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्…
सिद्धार्थ बैंकद्वारा सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा सञ्चालनमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका ला…