नेपाल इन्भेष्टमेन्टको सहकार्यमा फोकसवानको डिजिटल वालेट

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

फोकसवान पेमेन्ट सोलुसनले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा भुक्तानी सेवा सुरु गरेको छ । ‘मोको’ नामक यो डिजिटल वालेट मोबाइल फोनमा भिसा कार्ड विवरण लिंक गर्न मिल्ने भुक्तानी सेवा हो । 

डिजिटल भुक्तानीमा भिसासँग पनि साझेदारी भएकाले यो डिजिटल वालेट अनलाइन भुक्तानीमा नयाँ परिवर्तन भएको कम्पनीले जनाएको छ । यो सेवामा भिसा कार्डको रकम क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न मिल्ने प्रविधिको रहेको जनाइएको छ । यो एक सुरक्षित रहेको भन्दै पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (पिसिआई डिएसएस) प्रोटोकलद्वारा मान्यताप्राप्त रहेको कम्पनीले जनाएको छ । 

यो क्युआर भुक्तानी प्रक्रियाले एउटा मोबाइल एपको प्रयोगले नै क्युआर कोडका माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा भुक्तानी गर्न सक्ने जनाइएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपमा आफ्ना डेबिट वा क्रेडिट कार्डहरू लिंक गरी टेलिकम टपअप, इन्टरनेट र बिजुली बिल भुक्तानीजस्ता काममा पनि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरिरहनुनपर्ने जनाइएको छ । 

भिसाका लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बासुले भिसाको लक्ष्य सधैँ सबैका लागि सजिलो सेवा सबैमा पुर्याउनु रहेकाले स्क्यान टू पे प्रविधिको मोको डिजिटल वालेट सञ्चालनमा ल्याएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले नियामकको  क्युआर पेमेन्ट अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यान दिँदै नेपालको एक भुक्तानी सेवाप्रदायक फोकसवान पेमेन्ट सोलुसनसँग सम्झौता गरेर आफ्ना भिसा कार्ड प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय क्युआर प्लेटफर्म सुरु गरेको बताए ।

सुझावित समाचार