रिज लाइन इनर्जीको सेयर प्रभु क्यापिटलले निष्कासन गर्ने

बिहिबार, १४ असोज, २०७८
डिजिटल संस्करण

 रिज लाइन इनर्जीले सर्वसाधारणलाई जारी गर्न लागेको साधारण सेयर सार्वजनिक निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा रिज लाइनका वसन्त गिरी तथा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।  

कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको २० लाख ८२ हजार आठ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको जनाएको छ । गोरखा जिल्लाको अजिरकोट–२ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण भइरहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार