समूहअनुसार लगानी बदल्दै लगानीकर्ता

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण
समूहअनुसार लगानी बदल्दै लगानीकर्ता

फाइल तस्बिर

पछिल्लो समय पुँजी बजारमा लगानीकर्ताले समूह बदल्दै लगानी गर्न थालेका छन् । बजारको  नियमअनुसार लगानीकर्ताले कम्पनीलाई नै तोकेर एकपछि अर्को गर्दै समूहगत रूपमा सेयर बढाउन र घटाउन नमिल्ने भए पनि लगानीकर्ता भने एकैपटक फरक समूहमा आकर्षित हुने गरेको देखिएको हो । 

पुँजी बजार संघर्ष समितिका एक अधिकारी भन्छन्, ‘सेयर बजारमा यो नौलो विषय होइन । तर, पछिल्लो समय लगातारजसो यस्तो वातावरण देखिँदा कतै सेयर इन्साइडर ट्रेडिङ  भइरहेको छ कि भन्ने शंका गर्ने स्पेस पनि रहन सक्छ ।’

दुुई हप्ताअघिको बजारलाई हेर्ने हो भने लगातार पाँच दिनको बजारलाई अध्ययन गर्दा  लगानीर्ताले समूह फेर्दै लगानी बढाएका छन् । कारोबारमा जलविद्युुत्, फाइनान्स, निर्जीवन बिमाजस्ता कम्पनीलाई लक्षित गरेर लगानी बढाएको देखिन्छ । सेयर बजारका अर्का लगानीकर्ता केही ठूला लगानीकर्ताको समूहका कारण पछिल्लो समय कम्पनीवाइज बढाउन  लागिपरेको बताउँछन् । धितोपत्र बोर्डले पनि यस विषयलाई चासोका साथ नहेरेको उनको भनाइ छ । उनी भन्छन्, ‘धितोपत्र बोर्डले यस विषयमा जानकारी लिन आवश्यक छ । क्लब हाउसमा भइरहेको बहसले पनि कम्पनीगत रूपमा बजार बढाउने गरेको देखिएको छ ।’ 

बिहीबारको बजार सामान्य सकारात्मक
बिहीबार नेप्से परिसूचक करिब तीन अंकले बढेको छ । अघिल्लो दिनबाट उकालो लागेको नेप्से साताको अन्तिम कारोबार बिहीबारका दिन झिनो अंकले वृद्धि हुुँदा लगानीकर्ताको आकर्षण भने वाणिज्य बैंकतर्फ सोझिएको छ । वाणिज्य बैंक समूूहको सूूचक २ दशमलव ४७ प्रतिशतले बढेको छ । 

बिहीबार नेप्से सूूचक दुई दशमलव ७० अंकले बढेर दुई हजार आठ सय १९ दशमलव ६५ बिन्दुुमा पुुगेको छ । ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स करिब दुई अंकले बढेको छ ।

बजार बढे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छैन । सेयर खरिद–बिक्रीमा कमी आएको छ । धितोपत्र र ऋणपत्र गरी दुई सय २८ किसिमको सेयर कारोबार हुुँदा एक करोड ५७ लाख कित्ता–इकाइ सेयर सात अर्ब ७२ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । वाणिज्य बैंकहरूको सेयर किनबेच गर्नेको संख्या बढेको छ । सानिमा बैंकको ३४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल बैंकको २७ करोड १० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । माछापुच्छ्रे बैंकको २१ करोड रुपैयाँको कारोबार भएको छ ।

मनकामनाको सकारात्मक सर्किट मूूल्यमा कारोबार भएको छ भने नेपाल बैंक, नेपाल बंगलादेश बैंक र मैलुुङ खोला जलविद्युुत् कम्पनीको सेयर मूूल्य बढेको छ । लक्ष्मी बैंक, मल्टिप्रपोज फाइनान्स, लक्ष्मी बैंकको सेयर मूल्य पनि ५ देखि ३ प्रतिशतसम्मले बढेको छ । त्यसैगरी, हिमालयन पावर पार्टनर, युुनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ देखि ४ प्रतिशतले सेयर मूल्य घटेको छ । 

See More On

सुझावित समाचार