बालिका बलात्कारका आरोपीलाई छुटाउन आफन्तको दबाब

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

बालिका बलात्कार आरोपमा जेल परेका अभियुक्तलाई छुटाउन उनका आफन्तले दबाब दिन थालेका छन् । जसकारण पीडित बालिका र उनको परिवार असुरक्षित भएको छ । सुनसरी वराहक्षेत्र–६ की १६ वर्षीया दलित बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान भएका २९ वर्षीय रामकुमार यादवलाई छुटाउन आफन्तले दबाब दिन थालेपछि पीडित परिवार असुरक्षित बनेको हो । 

बालिकाको परिवारका अनुसार अभियुक्तका आफन्तहरूले पीडित बालिका र उनको परिवारलाई अदालतमा बकपत्र गर्दा आफूलाई कसैले बलात्कार नगरेको भन्दै बयान फेर्न धाकधम्की र विभिन्न प्रलोभन दिँदै दबाब दिइरहेका छन् । पीडक पक्षले कतै प्रत्यक्ष भेटेर त कहिले मोबाइलमार्फत बकपत्रमा बयान नफेरे जे पनि हुन सक्छ भन्दै धाकधम्की दिने गरेका छन् ।

अभियुक्त पक्षबाट निरन्तर आइरहेको धाकधम्कीले गर्दा पीडित बालिका र उनको परिवार असुरक्षित बनेको अधिकारकर्मी नवीन रम्तेलले बताए । 

सुझावित समाचार