लागुऔषध विक्रीवितरण गर्ने मेडिकल सञ्चालक पक्राउ

बुधबार, ६ असोज, २०७८
डिजिटल संस्करण

दाङमा लागुऔषध विक्रीवितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर बसपार्कस्थित फ्युजन हेल्थ केयर मेडिकलका सञ्चालक ४० वर्षीया  तीलाकुमारी सुनार पक्राउ परेकी हुन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बुधबार मध्याह्न १२ बजेतिर उनलाई पक्राउ गरिएको हो । उनको साथबाट एन्टिटिसिभ ट्याब्लेट–११२६, एन्टिफोफ  ट्याब्लेट–५०४, ट्रामाडोल ट्याब्लेट–१६०४, सी–ट्रयाब–१५६ सहित  चारवटा मोबाइल र नगद एक लाख १६ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको छ । 

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

सुझावित समाचार