दलित कोटा कायम गर्न माग गर्दै कांग्रेस कार्यालयमा उपत्यकाका दलित संघको धर्ना

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उपत्यकाका तीन जिल्लाका दलित संघले धर्ना दिइरहेका छन् । १४औँ महाधिवेशनमा दलित प्रतिनिधिको कोटा कटौती गरिएको भन्दै उनीहरूले धर्ना सुरु गरेका हुन् ।

दलित संघ काठमाडौंकी अध्यक्ष गंगा सुनारले उपत्यकाका तीन जिल्लासहित १८ जिल्लामा दलित महाधिवेशन प्रतिनिधि आउने अवस्था नरहेपछि ४ दिनदेखि धर्ना थालिएको जानकारी दिइन् ।

‘जनसंख्याको आधारमा भनियो तर उपत्यकाका तीन जिल्ला, मनाङ, रसुवालगायतका जिल्लामा प्रतिनिधि खाली हुने अवस्था देखिएपछि हामीले धर्ना थालेका हौँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘प्रदेशबाट पनि  धेरै आउने अवस्था छैन । यसअघिको महाधिवेशनमा दलित प्रतिनिधि व्यवस्था गरिएको थियो । तर, यो महाधिवेशनमा कटौती गरियो।’

उनले माग पूरा नभएसम्म धर्ना निरन्तर रहने जानकारी बताइन् । उनले केन्द्रीय नेताहरूले धर्नामा ऐक्यबद्धता जनाएको र जनाउने क्रम निरन्तर रहेको जानकारी दिइन् ।

See More On

सुझावित समाचार