काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्।
बडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरूप राष्ट्रप्रमुखले नवकन्याको पूजाअर्चना गर्ने परम्परा छ। सोहीअनुरूप राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार नवकन्याको पूजाअर्चना गरेका हुन्।
दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजाअर्चना गर्ने गरिन्छ। सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई उपहारसमेत प्रदान गरे।