नेकपा एकीकृत समाजवादीको सिन्धुपाल्चोक संयोजकमा सापकोटा

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

सिन्धुपाल्चोकमा सोम सापकोटाको संयोजकत्वमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला कमिटी गठन भएको छ। 

एक सय ५१ सदस्यीय जिल्ला कमिटीमा हाल एक सय तीनजना रहेका छन्। अन्य सदस्य पछि थप्ने जनाइएको छ। नवगठित कमिटीको सहसंयोजकमा इन्द्रमाया गुरुङ रहेकी छिन्।

कमिटीको सल्लाहकारमा यमबहादुर महत रहेका छन्। यस्तै ५ सदस्यीय संयोजन समितिसमेत चयन गरिएको छ।
 

सुझावित समाचार