अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
ओलीलाई भेट्न उनीसहितको टोली बालकोट पुगेको हो। उनीसँग एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् भने ओलीसँगै भेटमा राजन भट्टराई र विष्णु रिमाल पनि हसभागी छन्।
फतिमा आज बिहान मात्र काठमाडौं उत्रिएकी थिइन्। चारदिने नेपाल भ्रमणको क्रममा उनको उच्च राजनीतिक भेटघाट तय भएका छन्।