नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चयन गर्न आग्रह गरेका छन्। शुक्रबार एक कुराकानीमा नेता पौडेलले महाधिवेशन उत्साहजनक रूपमा सुरु भएको बताएका हुन्।
‘२५ भन्दा बढी जिल्लामा अहिले वडा अधिवेशन भइरहेको छ र त्यसमा अधिकांश वडाहरूमा सहमतिका आधारमा क्षेत्रीय प्रतिनिधि छनाेट गरिएको छ,’ उनले भने, ‘महाधिवेशनमा कांग्रेस कार्यकर्ताको उत्साहजनक उपस्थिति छ। सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्न सबै कांग्रेससजनलाई आग्रह पनि गर्न चाहन्छु।’
२५ भन्दा बढी जिल्लामा अहिले वडा अधिवेशन भइरहेको पनि उनले जानकारी दिए। ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन उत्साहजनक रूपमा सुरु भयो,’ पौडेलले नयाँ पत्रिकासँग भने।