धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ। बुधबार नेप्से २९७६.९८ बाट बढेर २९७७.२९ बिन्दुमा पुगेर सेयर कारोबार बन्द भएको हो।
साताको चौथो दिन नेप्से १.१८ प्रतिशतले बढेको हो। ठूला कम्पनी सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ बिन्दुमा पुगेको छ।
कारोबार भएको १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी नौ उपसमूहको सेयर भने ओरालो लागेको छ।