दराजबाट किनेको सामान आइएमई पे हबमा फिर्ता गर्न सकिने

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

अनलाइन बजार दराजबाट किनेको सामान ग्राहकले फिर्ता गर्नुपरेमा आइएमई पे हबमार्फत फिर्ता गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकको अनलाइन सपिङ अझ सुविधाजनक बनाउने उद्देश्यले दराजले आइएमई पे हबमार्फत सामान फिर्ता गर्न सकिने व्यवस्था गरेको हो । 

आइएमई पेसँगको साझेदारीमा देशका विभिन्न भागहरूमा नयाँ ड्रप अफ प्वाइन्ट्सहरू स्थापना गरिएको दराजले जनाएको छ । सामान रिटर्नका लागि अधिक सुविधाजनक र समस्यारहित विकल्प छनोट गरिएको दराजले जनाएको छ । यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई अनलाइन डिजिटल प्लेटफर्मको प्रयोग गर्न अतिरिक्त कारणहरू पेस गर्नुका साथै इ–वाणिज्य इकोसिस्टमलाई अझै माथि बढ्न मद्दत गर्नु पनि रहेको कम्पनीको दाबी छ ।  

दराजको हबबाहेक ग्राहकले उपत्यकाका साथै पोखरा, विराटनगर र वीरगन्जमा तोकिएका आइएमई पे हबमार्फत सामान फिर्ता गर्न सकिने कम्पनीले जनाएको छ । आउँदो हप्ता थप १८ वटा हब निर्धारण हुने कम्पनीको भनाइ छ । यसबाहेक दराजको डेस्क राइडलाई बोलाएर आफ्नो सामान फिर्ता पठाउन पनि सकिने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार