काठ तस्करी आरोपमा पक्राउ परेकामाथि थुनुवाकक्षमै कुटपिट

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

काठ तस्करी गरेको अभियोगमा पक्राउ परेका तीनजनामाथि थुनुवाकक्षमै निर्घात कुटपिट भएको छ। आइतबार राति गस्तीमा खटिएको डिभिजन वन कार्यालय बाराको वन रक्षक टोलीले जितपुरसिमरा उपमहानगरपालिका– १७ रघुनाथपुरका ५२ वर्षीय शिवलखन चौधरी, करैयामाई गाउँपालिका– १ मधुवनका २९ वर्षीय विशाल चौधरी र करैयामाई– २ हरैयाका ४५ वर्षीय नवी मियाँ अन्सारी पक्राउ परेका थिए।

पक्राउ गरेपछि आफूहरूलाई थुनुवाकक्षमै कुटपिट गरिएको उनीहरूले बताएका छन्। उनीहरूको खुट्टा र ढाडमा चोट लागेको छ। तर, कार्यालयका प्रमुखले भने कुटपिट गरेको भन्ने आरोपको अस्वीकार गरेका छन्। उनीहरूको सामान्य उपचारसमेत नगराई कार्यालयकै थुनुवाकक्षमा राखिएको छ।

See More On

सुझावित समाचार