नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङको नियुक्ति खारेजीको माग गरिएको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा हुने भएको छ। सर्वोच्च अदालतले मंगलबार रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाको एकल इजलास तोकेको हो।
यसअघिका सिइओ हितेन्द्रदेव शाक्य घिसिङको नियुक्ति खारेजीको माग गर्दे सर्वोच्च पुगेका थिए। शाक्यको रिटमा आफूलाई हटाएको जानकारीसमेत नदिई घिसिङलाई नियुक्त गर्नु असंवैधानिक भएको उल्लेख छ।
शाक्यले आफूलाई चार वर्षका लागि नियुक्त गरिए पनि समयअगावै हटाइएको जिकिर गरेका छन्। रिटमा मन्त्रिपरिषद्को निर्णय खारेज गरी पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गरिएको छ।