आज रक्षाबन्धन अर्थात् जनैपूर्णिमा (फोटोफिचर)

आइतबार, ६ भदौ, २०७८
डिजिटल संस्करण

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षाबन्धन बाँध्छन् । 

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो  धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

रक्षाबन्धन अर्थात् जनैपूर्णिमाको अवसरमा नयाँ पत्रिकाका अमुल थापाले ललितपुरको बंगलामुखी मन्दिरमा खिचेका केही तस्बिरहरू हेर्नुहोस् :








सुझावित समाचार