खोप लगाउन लाइनमा बसेका कैदीको मृत्यु

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

कोरोना भाइरसविरुद्धको खोप लगाउन लाइनमा बसेका मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ। विराटनगर हाटखोलास्थित जिल्ला मोरङ कारागारका ५२ वर्षीय कैदी मोरङ रतुवामाई नगरपालिका– ५ का धनकुमार गुरुङको मंगलबार दिउँसो मृत्यु भएको हो ।

खोप लगाउन अन्य कैदीबन्दीसँगै लाइनमा उभिएका उनी बेहोस भएर लडेका थिए। कारागार प्रशासनले उपचारका लागि तत्काल अस्पताल पुर्याए पनि उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए।

बलात्कार आरोपमा मोरङ अदालतबाट १० वर्ष कैद सजाय पाएका गुरुङ ५ वैशाख ०७४ देखि कैद भुक्तान गरिरहेका थिए।

सुझावित समाचार