लमजुङको राईनासमा करेन्ट लागेर महिलाको मृत्यु

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

लमजुङको राईनास नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  राईनास नगरपालिका- ८ पांगेफाँटनिवासी ५० वर्षीया  कृष्णकुमारी भुजेलको आफ्नै घरमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी दिए ।

महिलाको शव  जिल्ला अस्पताल लमजुङमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी  कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘घरमा काम गर्ने क्रममा करेन्ट लागेर महिलाको घटनास्थलमै मृत्यु भएको हो ।’

See More On

सुझावित समाचार