कमल थापा भन्छन्– अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेशविपरीत छ, फिर्ता लिनुपर्छ

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

राप्रपाका अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले संसद्को बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सरकारको निर्णय दलीय प्रणाली कमजोर बनाउने उद्देश्यबाट अभिप्रेरित रहेको टिप्पणी गरेका हुन् । 

उनले अध्यादेश ल्याउने निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेशविपरीत रहेको भन्दै फिर्ता गर्न माग गरेका छन् ।

सुझावित समाचार