मकवानपुर/ बागमती प्रदेश सरकारले मन्त्रालय र कार्यालयहरूको पुनर्संरचनापछि प्रशासन सेवाका ४६ वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको असोज २३ को निर्णयअनुसार उनीहरूलाई मन्त्रालय, निर्देशनालय, आयोग र मातहतका कार्यालयमा खटाइएको हो।
युवा तथा खेलकुद मन्त्रालयका नेत्रप्रसाद भट्टराईलाई प्रदेश किताबखाना, हेटौँडा तथा सञ्चार रजिस्ट्रार कार्यालयका हरिहर पोखरेललाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ। पोखरेलको स्थानमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनाका पवित्र कुँवरलाई पठाइएको छ।
यातायात कार्यालयतर्फ विनोद पौडेललाई चाबहिल, केशवकुमार जि.एम.लाई साना–ठुला सवारी कार्यालय र उमेशकुमार दाहाललाई सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनामा सरुवा गरिएको छ। पुष्करिन्द्र घिमिरेलाई बनेपा, प्रवीण श्रेष्ठलाई भक्तपुर, प्रदीपराज पौडेललाई बालाजु, राजन पोखरेललाई गुर्जुधारा, सुरेश खनाललाई कलंकी र बिमलप्रसाद भट्टराईलाई हेटौँडा पदस्थापन गरिएको छ।
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयतर्फ अमृत अधिकारीलाई मकवानपुर, रामप्रसाद भुसाललाई धादिङ, महेशराज पौडेललाई चितवन, कुमार तामाङलाई काभ्रे, भक्तबहादुर भण्डारीलाई भक्तपुर, गौतम भण्डारीलाई नुवाकोट, बिनोद प्रधानलाई दोलखा र विष्णुकुमार भट्टराईलाई सिन्धुली पठाइएको छ। श्रीकृष्ण आचार्यलाई काठमाडौं, ताराकिरण राईलाई ललितपुर तथा पवनकुमार पोखरेललाई प्रदेश पर्यटन कार्यालय, काठमाडौंको जिम्मेवारी दिइएको छ।
रमेश महर्जनलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, कुमार पोखरेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सन्तोष मोक्तानलाई प्रदेश सभा सचिवालयमा सरुवा गरिएको छ। गोविन्दप्रसाद सुवेदी, होमनाथ रिजाल, सुनीता गजुरेल, असिम घिसिङ लामा, गोविन्द पुरी र पेसलकुमार पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।
तीर्थराज उपाध्यायलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, अच्युतप्रसाद उपाध्यायलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, पदम ओझा र अनिता तामाङलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय तथा आशिष आचार्य र नुमानन्द अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा खटाइएको छ।
यादवनाथ आचार्यलाई प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, प्रकाश अधिकारीलाई प्रदेश स्वास्थ्य निर्देशनालय तथा टेकेन्द्र अधिकारी, गणेशलाल महर्जन र संजीव न्यौपानेलाई प्रदेश लोकसेवा आयोगमा पदस्थापन गरिएको छ। विष्णु अधिकारीलाई प्रदेश सहकारी तालिम केन्द्र, चितवन तथा रिता यादव र प्रतिभा पन्थीलाई प्रदेश सुशासन केन्द्र, जावलाखेलमा खटाइएको छ।