गोर्खा सैनिकहरूको आमरण अनशनप्रति नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ। माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले लन्डनमा गोर्खा सैनिकहरूले आफ्नो अधिकारका लागि बसेको आमरण अनशनप्रति ध्यानाकर्षण जनाउँदै ऐक्यबद्धता प्रकट गरेको हो।
यो व्यक्तिगत विषय मात्र नभएर राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएकोले सरकारले बेलायतसँग वार्ता गरेर समाधान गर्न बैठकले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। गोर्खा भर्तीको विषय अघि बढाइरहेको सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा निर्णय लिनसमेत माओवादीले अनुरोध गरेको छ।