प्रदर्शनमा ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ मजदुर युनियन

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

सामाजिक सुरक्षा ऐन लागू गर्न दबाब दिँदै नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स सांस्कृतिक प्राकृतिक मजदुर युनियनले सांकेतिक प्रदर्शन गरेको छ ।आइतबार बिहान युनियनले सामाजिक सुरक्षा ऐन लागू नगरेको र मजदुरको सामाजिक सुरक्षा नकाटेको भन्दै बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण परिसरमा विरोध प्रदर्शन गरेको हो ।

युनियनले बारम्बार मजदुरको सामाजिक सुरक्षा भत्ता काट्नुपर्छ भनेर पत्र काट्दा नागरिक उड्ययन प्राधिकरण र त्यसअन्तर्गतको सिभिल इन्जिनियरिङ शाखाले जुन ठेकेदारले श्रमिकको सामाजिक सुरक्षा भत्ता काट्दैन त्यही ठेकेदारलाई ठेक्का दिने गरेपछि बाध्य भएर प्रदर्शनमा उत्रिएको बताएको छ ।

युनियनका केन्द्रीय कमिटी अध्यक्ष सुमनप्रसाद पराजुलीले सिभिल इन्जिजियरिङ महाशाखा र आउट सोर्सिङ कम्पनी मिलेर कमिसन खाएर एउटै ठेकेदारलाई बारम्बार ठेक्का आह्वान गरिरहेकोले बाध्य भएर आफूहरू आन्दोलनमा उत्रनुपरेको बताए ।

सुझावित समाचार