‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने राजेन्द्र महतोको चेतावनी

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ता भेलामा महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे ।

उनले भने, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाइँ लड्ने हो । यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने । त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो । त्यसका लागि तराई र मधेस तयार छ । पहाड र हिमालका जनता पनि तयार हुनुप¥यो ।’

कार्यक्रममा नेता महन्थ ठाकुरले सांसद रमेश चौधरीलगायतका मधेस आन्दोलनका क्रममा बन्दी बनेका, झुटा आरोप लागेका नेता, कार्यकर्ताहरूको तत्काल रिहाइ नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरे । 

अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरूको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए । 
 

सुझावित समाचार