मुख्यमन्त्री शाहीले गरे मन्त्रीसँग कार्यमूल्यांकन सम्झौता

शुक्रबार, २९ साउन, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन मूल्यांकन सम्झौता गरेका छन् । आर्थिक वर्ष ०७८/७९ को बजेटको प्रभावकारी कार्यन्वयनका लागि मन्त्रीहरूसँग कार्य मूल्यांकन सम्झौता गरेका हुन् ।  

कर्णाली प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरिएको मुख्यमन्त्री शाहीले बताए । ‘चालू आर्थिक वर्षका विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि कार्यमूल्यांकन सम्झौता गरिएको हो,’ उनले भने, ‘यसले बजेट प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्नेछ ।’

कार्यमूल्यांकन सम्झौताअनुसार मुख्यमन्त्रीले मन्त्रीहरूसँग, मन्त्रीहरूले सचिवसँग सचिवहरूले कार्यान्वयन इकाइसँग कार्य मूल्यांकन सम्झौता गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘कार्यमूल्यांक कामलाई तीव्रता दिनेछन् ।’

आर्थिक वर्षमा  कार्यसम्पादन सम्झौता गरिएपश्चात्  कार्य प्रगति उल्लेख्य मात्रामा वृद्धि भएकोे र चालू आर्थिक वर्षमा समेत प्रभावकारी मुख्यमन्त्रीले बताए । कर्णाली प्रदेश सरकारले विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि कार्यमूल्यांकन सम्झौता गर्ने गरेको भए पनि विकास निर्माणका काममा भने असार मसान्तमा मात्र कार्यान्वयन गर्ने चलन हटेको छैन ।
 

सुझावित समाचार