भौतिक परीक्षाको वैकल्पिक व्यवस्थाको माग गर्दै विद्यार्थीको प्रदर्शन

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

कोरोना महामारीको तेस्रो लहरमा त्रिभुवन विश्वविद्यालयले गरिरहेको भौतिक परीक्षाको वैकल्पिक व्यवस्था हुनुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन भएको छ ।

महामारीको जोखिमकै बीच एउटै सेन्टरमा हजारौँ र एउटै कक्षामा सयौँ विद्यार्थी राखेर परीक्षा गरिरहेको भन्दै विद्यार्थीले बुधबार स्वास्थ्य सुरक्षाको माग गरेका छन्।

टियूको यस्तो असंवेदनशीलताको प्रतिवाद गर्न नछाड्ने विद्यार्थीले बताएका हुन्। कोरोनाको जोखिममा भौतिक परीक्षा गरेको भन्दै टियूको आलोचना भइरहेको छ।

सुझावित समाचार