लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै शेरचनले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई समय दिएका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गरेका छन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावको छिनोफानो गर्न प्रदेश सरकारको विषेश अधिवेशन आह्वान भएपछि अल्पमतमा रहेका पोखरेलले बुधबार राजीनामा दिएका हुन् ।