लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्रीद्वारा राजीनामा

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

जसपाले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार पाण्डेयले पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामापत्रमा लेखेका छन्, ‘सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकाले मैले मन्त्री पदबाट राजीनामा दिएको छु । ’

सुझावित समाचार