देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

बुधबार, २७ साउन, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

यस्तै, रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश  १  र प्रदेश २ को एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

See More On

सुझावित समाचार