ओलीको टिप्पणी- भूमिहीन आयोग खारेज गरेर घाँटी रेट्ने काम भयो (भिडियोसहित)

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले भूमिहीन आयोग खारेज गरेर घाँटी रेट्ने काम भएको टिप्पणी गरेका हुन्।

साथै उनले आफूमाथि प्रहार भइरहेकोसमेत बताए । ‘ममाथि धेरै प्रहार भइरहेका छन् । समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य बाकेर हिँडेको मान्छेलाई केही फरक पर्दैन, म लक्ष्यमा अडिग छु,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय उद्देश्य मेरो सरकारले  यही उद्देश्यअनुसार काम गर्ने प्रयास गर्यो ।’

सुझावित समाचार