सामान्यदेखि पूर्ण बदली रही मध्यम वर्षाको सम्भावना

मंगलबार, २६ साउन, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, रातिको समयमा  देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १  र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

 पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव  (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ । 

See More On

सुझावित समाचार