लमजुङमा एक महिनामा लागुऔषधसहित तीन पक्राउ

आइतबार, २४ साउन, २०७८
डिजिटल संस्करण

लमजुङ प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार सुन्दरबजार नगरपालिका– ७ बाट मस्र्याङ्दी गाउँपालिका– ६ घर भएका २३ वर्षका विनोद घिमिरेलाई लागुऔषध फेनरागन २४ थान, नुफिन २५ थान र डाइजेपाम २५ थानसहित पक्राउ गरेको छ । 

घिमिरेलाई आइतबार जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 

पछिल्लो समयमा लमजुङमा लागुऔषधका कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् । लमजुङ प्रहरीले एक महिनामा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना लागुऔषध कारोबारी नै हुन् । 

हाल लमजुङ प्रहरीले लागुऔषधमा संलग्नमाथि सूक्ष्म निगरानी गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

सुझावित समाचार