सरकारका साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिइयो, ४ बजे सार्वजनिक हुँदै

आइतबार, २४ साउन, २०७८
डिजिटल संस्करण
सरकारका साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिइयो, ४ बजे सार्वजनिक हुँदै

फाइल तस्बिर

शीर्ष नेताहरूले साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिएका छन्। आज बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेता र विघटित कार्यदलका सदस्यको बैठकले साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिएका हुन्।

थोरै मात्र थपघट गरेर कार्यदलको प्रतिवेदनलाई शीर्ष नेताहरूले अन्तिम रूप दिएको जसपा नेता राजेन्द्र श्रेष्ठले नयाँ पत्रिकालाई बताए। अन्तिम रूप दिइएको प्रतिवेदन आज सार्वजनिक गरिँदै छ। साझा न्यूनतम कार्यक्रम, मन्त्रीको आचारसंहिता र सरकार सञ्चालनको कार्यविधि आज ४ बजे सार्वजनिक हुने बताइएको छ। 

कार्यदलले तयार पारेको प्रस्तावमा स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय नभएको श्रेष्ठले बताए। 'बाहिर हल्ला आएको जस्तो यो विषय समेटिएको छैन', उनले भने। उच्चस्तरीय राजनीतिक संयन्त्रको विषय पनि कार्यदलले विझाएको प्रतिवेदनमा रहेको छैन।

कार्यदलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरू वर्षमान पुन, देव गुरुङ, जसपा राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव थिए।

See More On

सुझावित समाचार