परीक्षामा स्वास्थ्य मापदण्ड पालना नगरिएको भन्दै सांकेतिक विरोध

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

स्नातकोत्तरका परीक्षार्थीले एउटै कक्षामा २५ जनाभन्दा धेरै विद्यार्थी राखेको भन्दै विरोध जनाएका छन्। पाटन संयुक्त क्याम्पसको परीक्षाहलमा मापदण्डविपरीत ६० जना हाराहारी परीक्षार्थी राखिएको भन्दै विद्यार्थीले सांकेतिक विरोध गरेका हुन्।

उनीहरूले परीक्षा सुरु हुनुभन्दा अगाडि स्वास्थ्यमा खेलवाड गरिएको भन्दै विरोध जनाएका थिए। परीक्षाहलबाहिर दूरी कामय गर्दै उनीहरूले मापदण्ड पालना गर्न क्याम्पस प्रशासनलाई आग्रह गरेका थिए।

See More On

सुझावित समाचार