लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण
लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन

प्रदेश प्रमुख अमिक शेरचन

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि अनुरोध गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएको छ।

शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेकोले नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएको माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले नयाँ पत्रिकालाई बताए। 

निवेदनमा प्रदेश सभाका प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको हस्ताक्षर रहेको छ।

‘लुम्बिनी प्रदेश सभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्था विद्यमान भएकोले संविधानको धारा १६८ को १ बमोजिम नियुक्त माननीय मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार नियुक्तिको धाराअनुसारको संवैधानिक हैसियतमा नरहेको अवस्थाको विद्यमानतामा नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि आह्वान गरी पाउन माननीय प्रदेश प्रमुखज्यूसमक्ष सादर निवेदन गर्दछौँ,’ उनीहरूले पेस गरेको निवेदनमा भनिएको छ।

सुझावित समाचार