प्रिमियर स्टिललाई ३६ एमएमको उत्पादनमा नेपाल गुणस्तर प्राप्त

बिहिबार, १४ साउन, २०७८
डिजिटल संस्करण

प्रिमियर स्टिलले ३६ एमएम समूहको छडमा नेपाल गुणस्तर प्रमाण प्राप्त गरेको छ । यस समूहमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्ने यो पहिलो कम्पनी हो । ३६ एमएमको छड हाइड्रोपावर, पुल तथा ड्यामजस्ता ठूला परियोजना निर्माणमा प्रयोग गरिन्छ ।

यसअघि ३० एमएमभन्दा माथिका छड भारत वा अन्य मुलुकबाट आयात गर्दा ढिलो हुने गरेकोमा अब त्यो समस्या नहुने कम्पनीले जनाएको छ । प्रदेश नम्बर १ मा कारखाना भएको यस कम्पनीले दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमता राख्ने जनाइएको छ । कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मका छडहरूको उत्पादन गर्दै आएको उल्लेख गरेको छ । 

कम्पनीका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर सौरभ सारडाले प्रिमियम बिलेटहरूको मात्र प्रयोग गरेर टिएमटी बार उत्पादन गर्दै आएको बताए । यसले गर्दा आप्mनो उत्पादन उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएको उनको दाबी छ । ३६ एमएम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण भएको सारडाले बताए । उनले भने, ‘पूर्ण रूपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरूको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा हाम्रा उत्पादनहरू सधैँ उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैँ एकनासको प्राप्त गर्न सकिन्छ ।’ 

सुझावित समाचार