राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छिन्। नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले संग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताइन्। उनले यसलाई पर्यटकीय स्थलमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ लिन सकिने प्रस्ट पारिन्।
नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुनाका रूपमा संग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्थलका रूपमा विकास गर्न सकिने बताइन्। एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवर्द्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो।
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्वपूर्ण स्थलका रूपमा सिन्धुलीगढी रहेको बताए। उनले सिन्धुलीगढीमा युद्ध संग्रहालय स्थापना गौरवपूर्ण इतिहास जोगाउने महत्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्ने भनाइ राखे। सरकारले यस्ता संग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने बताए।
सांसद गणेशकुमार पहाडीले ऐतिहासिक स्थल संरक्षणका लागि १०० पर्यटकीय गन्तव्यस्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीय स्थलका रूपमा अंग्रेजहरूको पनि गन्तव्यस्थल हुन सक्ने बताए।
प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिकगढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्ययोजना बनाएर संरक्षणमा लागिएको बताए। उनले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिकस्थललाई चिनाउने काम भएको उनको भनाइ थियो।
सो अवसरमा प्रधानसेनापति थापाले नगरप्रमुख खत्रीलाई संग्रहालय हस्तान्तरण गरेका थिए। वि.सं. १८२४ असोजमा अंग्रेजसँग भएको युद्धको सम्झनामा सो संग्रहालय निर्माण गरिएका हो। संग्रहालयमा त्यतिवेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्ताबेज संग्रह गरिएको छ। युद्धमा सहभागी भएका झन्डै दुई हजार चार सय अंग्रेज फौजमध्ये करिब एक हजार ६ सयको मृत्यु भएको बताइन्छ। रासस
सिन्धुलीमा बन्यो युद्ध संग्रहालय, राष्ट्रपतिद्वारा उद्घाटन
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सुझावित समाचार
सभामुख अर्याल तान्जानिया प्रस्थान
काठमाडौं। सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आइपियू)को १५३औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको ने…
आइतबार १० बजेसम्मका मुख्य १० खबर
धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री बालेन प्रधानमन्त्री बालेन्द्र शा…
धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् : प्रधानमन्त्री बालेन
काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा कांग्रेस सभापति गगन थापाले दिए…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने
काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने भएको छ। बैठकपछि सुरु हुने बन्दसत्रमा पार्टी सभ…
नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ
कास्की । आठ वर्षकी एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्याङ्जामा ३० वर्षका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्…
पर्यटक र यात्रुलाई हैरानी दिएको आरोपमा पोखरामा पाँच पक्राउ
कास्की । पोखराको मुख्य बजार क्षेत्रमा पर्यटक तथा यात्रुहरुलाई दुःख हैरानी दिएको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। प…