संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्छ : नेता बाँस्तोला

शुक्रबार, ८ साउन, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बाँस्तोलाले अहिलेको संसदीय व्यवस्था दलाल पुँजीपतिको हातमा रहेकाले विकल्प खोज्नुपर्ने बताएका छन्। 

‘देशमा आन्दोलन, परिवर्तन भयो, तर आधारभूत परिवर्तन भएन। नेपाली जनताको हातमा शासन, राज्य प्रणाली पुगेन, किनभने अहिलेको संसदीय व्यवस्था दलाल पुँजीपतिको हातमा छ,’ बाँस्तोलाले भने, ‘त्यसैले संसदीय व्यवस्थाको विकल्प खोजेर अगाडि बढ्यो भने मात्र ठीक ठाउँमा पुग्न सकिन्छ।’

उनले अहिलेको व्यवस्थामा जसले पैसाको बढी चलखेल गर्यो उही नेता प्रधानमन्त्री बन्ने अवस्था रहेको जिकिर गर्दै संसदीय विकृत खेल र आपसी आरोप–प्रत्यारोपले जनतामा राजनीतिक पार्टी र नेताहरूमाथि नै अविश्वासको अवस्था रहेको बताए। अहिलेको भ्रष्ट व्यवस्था बदलेर राज्य प्रणाली बलियो नबनाएसम्म देश भ्रष्टाचारमुक्त हुन नसक्ने उनको भनाइ थियो।
 

See More On

सुझावित समाचार