एमाले केन्द्रीय कमिटी बैठक जारी

सोमबार, ४ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बैठक जारी छ।  बैठकमा पार्टीको ह्विप उल्लंघन गर्ने सांसदमाथिको कारबाहीबारे छलफल हुने जनाइएको छ। यस्तै, पार्टीको आगामी विधान अधिवेशनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताए। 

एमालेले साउन २५ गतेलाई विधान अधिवेशन बोलाउने यसअघि निर्णय गरेको थियो। बैठकमा माधव नेपालनिकट नेताहरू भने सहभागी भएका छैनन्।

सुझावित समाचार