आइतबारदेखि अनलाइन बजार दराजले ‘दराज महाबचत बजार’ नामक प्रवर्द्धनात्मक अभियान सुरु गरेको छ । कम्पनीले ग्राहकका लागि बचत प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।
अभियानको मुख्य आकर्षणमा ४ हजार रुपैयाँसम्मको छुट, बैंक कार्ड वा आइएमई पेमार्फत अनलाइन प्रि–पेमेन्टमा २ हजार रुपैयाँसम्मको छुट, १ रुपैयाँमा आइफोन–१२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो–१३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भौचर साथै थुप्रै अरू पुरस्कार जित्ने मौका रहेको जनाइएको छ ।
अभियानका लागि, नबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबि बैंकका कार्डधारकहरूले प्रि–पेमेन्टमा छुट पाइने दराजले जनाएको छ । यी बैंकका डेबिट कार्डधारकले १५ प्रतिशत वा १ हजार ५ सय रुपैयाँसम्मको छुट पाउने जनाइएको छ । त्यस्तै, क्रेडिट कार्डधारकले कार्ड प्रि–पेमेन्टमा २० प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ । यो अफर सीमित समयका लागि मात्र उपलब्ध रहेको जनाइएको छ ।
ग्राहकले आफ्नो आइएमई पे खातामार्फत प्रि–पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्ने कम्पनीको भनाइ छ । आइएमई पेमार्फत भुक्तानी गरे ग्राहकले आफ्नो सबै खरिदमा २० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट पाउन सक्ने जनाइएको छ । यसबाहेक, पहिलोपटक भिसा कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले २० प्रतिशतसम्मको छुट पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ । भिसा डेबिट कार्डमार्फत प्रि–पेमेन्ट गरेमा १५ प्रतिशत वा ५ सय रुपैयाँसम्म र भिसा क्रेडिट कार्डमार्फत प्रि–पेमेन्ट गरेमा २० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।
दराज महाबचत बजारमा प्रदर्शित ‘खेल एक रुपैयाँ’मा भाग लिएमा ग्राहकले १ लाख ३३ हजार रुपैयाँ मूल्यको आइफोन–१२ र ५० हजार रुपैयाँको श्रीबालाजी हीराको झुम्काजस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्ने कम्पनीले जनाएको छ ।
सानिमा बैंकका ग्राहकलाई दराजमा छुट
सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । बैंकका ग्राहकले दराजको महाबचत बजार योजनाअन्तर्गत साउन ३ देखि ७ गतेसम्म छुट पाउने भएका हुन् ।
योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । त्यस्तै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्ने सम्झौता भएको बेंकले जनाएको छ । सम्झौतामा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रालिका डिजिटल पेमेन्ट पार्टनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका थिए ।