कृषिप्रधान देशमा किसानका सास्ती : १० किलो मलका लागि घन्टौँ लाइन (फोटोफिचर)

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

रोपाइँमा व्यस्त हुनुपर्ने चितवनका किसान कोरोना संक्रमणको जोखिम मोल्दै मलका लागि घन्टौँ लाइन लाग्न बाध्य छन् । मल अभावमा सहकारीले किसानलाई १० किलो मात्रै मल दिएको छ । १० किलो मलका लागि किसान हप्तौँदेखि लाइनमा बस्दै आएका छन् । भरतपुर महानगरपालिका– ६ स्थित सर्वोदय बहुउद्देश्यीय सहकारीको बिक्री केन्द्रअगाडि मल लिने किसानको भिड दिनहुँ लाग्छ । मल सकिएको एक हप्तापछि यहाँ मंगलबार ५० केजीका ४० बोरा डिएपी र २५ बोरा युरिया मल आएको छ । मल खरिद गर्न किसानको भिड लागेपछि सर्वोदय सहकारीले प्रतिकिसान १० केजीका दरले युरिया र २५ केजी डिएपी बिक्री गरेको सहकारीका व्यवस्थापक राजु पौडेलले बताए । मल लाने किसानलाई नागरिकता अनिवार्य गरिएको छ । जिल्लाका अन्य ठाउँमा पनि किसान मलका लागि घन्टौँ लाइनमा बसेका छन् । १० बजे खुल्ने सहकारीमा किसान मल पाउने आसमा बिहानै सहकारीको ढोकामा पुग्ने गर्छन् ।

सुझावित समाचार