नेपालविनै एमाले बैठक सुरु

शुक्रबार, १८ असार, २०७८
डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी नभए पनि बैठक सुरु भएको   केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा भाग लिन उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगिसकेका छन् । दोस्रो तहका नेताहरूको कार्यदलमा अनौपचारिक समझदारीहरू भइसकेकाले त्यसलाई प्रधानमन्त्री ओलीसँग बसेर वरिष्ठ नेता नेपालले सहमति जनाइसकेपछि मात्र बैठक बस्नुपर्ने नेपाल समूहका नेताहरूको  माग थियो । 

तर, कार्यालय सचिव तामाङले भने सहमतिको प्रयास जारी राख्दै केही कार्यसूचीमा छलफल गर्ने गरी नै बैठक बसेकाे बताए । नेपाल समूहले २ जेठमा कायम स्थायी समिति र दुई सय तीन सदस्यीय केन्द्रीय कमिटी बैठक बसेर राजनीतिक र कानुनी प्रश्न सम्बोधन हुने गरी प्रक्रिया पुर्याएर बैठक बस्नुपर्ने माग गरिरहेको छ । तर, आजको बैठक भने दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेर बोलाइएको बैठक हो ।

See More On

सुझावित समाचार