नागरिक लगानी कोषका सहभागीले थप प्रतिफल पाउने

बुधबार, १६ असार, २०७८
डिजिटल संस्करण

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई थप प्रतिफल दिने भएको छ । कोषले त्यही कार्यक्रमको सञ्चित नाफाबाट १ प्रतिशत थप प्रतिफल दिन लागेको हो । 

अवकाश कोष सञ्चालन कार्यविधिअनुसार २०७७ असार मसान्तसम्मका सहभागीको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने कोषले जनाएको छ । यस प्रयोजनका लागि करिब १ अर्ब ३ करोड रुपैयाँबराबर सहभागीलाई वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।

यसबाट सहभागीलाई विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुर्याउने विश्वास लिएको कोषले जनाएको छ ।   

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीको खातामा जम्मा गरिएको जनाइएको छ । कोषले यस कार्यक्रममा ब्याजदरका अतिरिक्त थप प्रतिफल निरन्तर रूपमा दिने नीति लिएको जनाएको छ । 

सुझावित समाचार