मनाङको स्याल्कु खोलामा अस्थायी काठेपुल निर्माण

बुधबार, ९ असार, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङमा नेपाली सेना र नेपाल प्रहरीले अस्थायी काठेपुल निर्माण गरेका छन् । सेना र  प्रहरीले स्याल्कु खोलामा नयाँबजार कोतोतर्फ आवतजावत गर्ने अस्थायी काठेपुल निर्माण गरेका हुन् ।

बाढीले पुल बगाएपछि आवतजावतमा समस्या भएकाले अस्थायी काठेपुलको निर्माण गरिएको हो । चामे गाउँपालिका– ४ स्थित स्याल्कु खोलामा मनाङमा रहेको रणदल गुल्मको सेनाको टोली, नेपाल प्रहरीसहित स्थानीयको सक्रियतामा काठेपुल निर्माण गरिएको हो ।

See More On

सुझावित समाचार